कोमल वलीले तानिन् ४ वर्षे चिठ्ठा, कुन प्रदेशबाट काे महिला कति वर्षकाे लागि राष्ट्रियसभा सदस्य? (सूचीसहित)

117
  •  
  •  
  •  

काठमाडौँ, ४ असार (ओएनएस) : तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्य बनेकी कोमलले चार वर्षे चिठ्ठा तानेकी छिन्। संविधानमा नै गोलाप्रथाबाट पदावधि टुंगो लगाउने व्यवस्था अनुसार सोमबार बिहान भएको गोलाप्रथामा वलीकाे चार वर्षकाे पदावधि कायम भएकाे छ।

सातै प्रदेशबाट महिलातर्फ राष्ट्रियसभाका सदस्य भएकाहरुकाे समेत पदावधि टुंगो लागेको छ। संविधान बनेपछिको पहिलो राष्ट्रियसभा सदस्यहरुको कार्यकाल २, ४ र ६ वर्ष हुने संवैधानिक प्रावधान छ।

गोलाप्रथाबाट पहिलो १९ जनाको कार्यकाल २ वर्षको, २० जनाको ४ वर्षको र बाँकी २० जनाको ६ वर्षका लागि तय हुनेछ। यसरी रिक्त हुने स्थानमा निर्वाचनबाट सदस्यहरू चयन हुनेछन्। यद्यपि राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको हकमा छुट्टै गोलाप्रथा हुनेछ।

२ वर्षे पदावधि
सरिता प्रसाईं -प्रदेश १
मुक्ताकुमारी यादव -प्रदेश २
धनकुमारी खतिवडा -प्रदेश ३
विन्दादेवी आले -प्रदेश ४
मीना बुढा -प्रदेश ५
यूटोल तामाङ -प्रदेश ६
कमला ओली -प्रदेश ७

४ वर्षे पदावधि
नैनकला ओझा -प्रदेश १
शशिकला दाहाल -प्रदेश २
उदया शर्मा पौडेल -प्रदेश ३
शान्तिकुमारी अधिकारी -प्रदेश ४
कोमल वली -प्रदेश ५
कविता बुढाथोकी -प्रदेश ६
तारादेवी भट्ट -प्रदेश ७

६ वर्षे पदावधि
विना पोखरेल -प्रदेश १
प्रमिलाकुमारी यादव -प्रदेश २
पार्वती रावल -प्रदेश ३
दीपा गुरुङ -प्रदेश ४
अनिता देवकोटा -प्रदेश ५
नन्दा चपाईं -प्रदेश ६
इन्दु कँडरिया -प्रदेश ७


  •  
  •  
  •