यातायात व्यवस्था कार्यालयका इन्जिनियर घुससहित पक्राउ

93
  •  
  •  
  •  

काठमाडौं,२८ साउन (ओएनएस) : यातायात व्यवस्था कार्यालय, बुटवलका इन्जिनियर घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर सरोजकुमार शाहलार्इ २० हजारसहित पक्राउ गरेकाे हाे ।

शाहले नयाँ गाडी दर्ताका लागि सेवाग्राहीसँग घुस मागेका थिए । पक्राउ परेका शाह बुटवलको सवारी जाँचपास तथा प्राबिधिक शाखाका मेकानिकल इन्जिनियर समेत हुन् ।

सेवाग्राहीले आयोगलाई खबर गरेर घुस दिदै गर्दो शाहलाई रंगेहात पक्राउ गरेर अख्तियारको केन्द्रीय कार्यालयमा पठाइएको छ ।


  •  
  •  
  •