निवर्तमान उपसभामुख यादव एमालेमा प्रवेश

  •  
  •  
  •  

काठमाडौं, २९ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन्।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको कार्यक्रममा उनी एमालेमा प्रवेश गरेका हुन्। शनिबार मध्यरातदेखि संसदको अवधि सकिएपछि आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन्।

निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् ।

यादव ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए।


  •  
  •  
  •