बिहीबारदेखि गण्डकी प्रदेशबाट पनि श्रम स्वीकृति

25
  •  
  •  
  •  

काठमाडौं, २५ पुस(ओएनएस) : अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारका लागि गण्डकी प्रदेशबाट पनि पुनः श्रम स्वीकृति पाइने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयको स्थापना गरेर श्रम स्वीकृति जारी गरिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
पोखरास्थित श्रम तथा रोजगार कार्यालयको सबै काम सकिएकाले बिहीबारदेखि श्रम स्वीकृति जारी गरिने विभागले जनाएको छ ।
अब वैदेशिक रोजगारीबाट घर विदामा फर्किएका कामदारले पुनः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनुपर्ने बाध्यताका अन्त्य हुने भएको छ ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई दिने सेवा विकेन्द्रीत गरेर प्रदेशसम्म पु¥याउने उद्देश्यका साथ योभन्दा अगाडि बुटवल र जनकपुरबाट सेवा सुचारु गरिसकेको छ ।


  •  
  •  
  •