गण्डकी प्रदेशबाट श्रम स्वीकृति दिन शुरु

16
  •  
  •  
  •  

कास्की, २६ पुस(ओएनएस) : गण्डकी प्रदेशबाट पुनः श्रम स्वीकृति दिन शुरु गरिएको छ । पोखराको शहीद चोकमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिन थालिएको हो ।

बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले चन्द्रमान गुरुङलाई स्वीकृति प्रदान गर्दै सेवा सुरु गरेका हुन् ।

सेवा शुरु गर्न मन्त्री विष्टसँगै श्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि पोखरा पुगेका थिए ।

यसअघि जनकपुर र बुटवलबाट पुनःश्रम स्वीकृति दिन थालिसकिएको छ । प्रदेशबाट श्रम स्वीकृति दिन थालेपछि पुनःश्रमका लागि काठमाडौं आउनपुर्ने समस्या हटेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here