४ सय किलो गाँजा सहित १ पक्राउ

88
  •  
  •  
  •  

काठमाडौ,१ फागुन(ओएनएस): ४ सय किलो गाँजा सहित मकवानपुरमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का मानबहादुर मोक्तानलाई उक्त गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मोक्तानले आफ्नै घरमा लुकाइछिपाई राखेको अवस्थामा उक्त गाँजा प्रहरीले सोमबार साँझ बरामद गरेको हो ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) दिलिपराज झाले पक्राउ परेका मोक्तानलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको बताए ।


  •  
  •  
  •