शरीरका सबै अंग दान गर्ने स्वास्थ्यमन्त्रीको घोषणा

312
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएस) : स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो शरीरका सबै अंग दान गर्ने घोषणा गरेका छन् ।

पाँचौं स्वास्थ्य सेवा दिवसका अवसरमा आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री थापाले अंग दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरे ।

व्यक्तिको निधन भएपछि ८ वटा अंग अरुलाई प्रत्यारोपण गर्न मिल्छ । मन्त्री थापाले मृगौला, फोक्सो, आँखा, प्याँक्रियाज, सानो आन्द्रा, छाला र मुटु लगायतका महत्वपूर्ण अंग दानको घोषणा गरेका हुन् ।

यस्ता अंग मस्तिष्क मृत्यु भएका व्यक्तिबाट २४ घण्टाभित्र अर्कोमा प्रत्यारोपण गर्न सकिन्छ ।


  •  
  •  
  •