गायिका मिलनको ‘मिलनयात्रा’ सार्वजनिक

25
  •  
  •  
  •  

काठमाडौं, १४ माघ(ओएनएस) : चर्चित गायिका मिलन नेवारको चौथो एल्बम सार्वजनिक भएको छ ।

उनको ‘मिलनयात्रा’ र पाचौँ एल्बममा समावेश ‘मन रेशम’बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

एल्बमको गृहमन्त्री रामबहादुर थापा‘बादल’को प्रमुख आतिथ्यतामा गायक दिप श्रेष्ठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्तिबल्लभ, गायिका मिलनका मातापितालगायतको हातबाट लोकार्पण गरिएको हो । सो एल्बममा सातवटा गीतहरु समावेश गरिएका छन् ।

यी गीतहरुमा योगेन्द्रमणि दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ ।
सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनयसमेत उनीहरुले नै गरेका छन् ।

हरि हुमागाईंको छायांकन रहेको भिडियोमा निर्देशन राजेश पुमा राईको रहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here