गणतन्त्र दिवस मनाउँने शैली परिमाजर्न गर्न प्रधानमन्त्रीको प्रस्ताव

86
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : प्रधानमन्त्री तथा नवगठित केपी शर्मा ओलीले गणतन्त्र दिवस मनाउँने शैली परिमाजर्न गर्न प्रस्ताव गरेका छन्।

गणतन्त्र दिवस मुल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अाेलीले शुक्रबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले गणतन्त्र दिवसलाई जनस्तरसम्म पुर्याउने बताए।

‘गणतन्त्र सरकारी दिवस होइन जन दिवश हो’ प्रधानमन्त्री ओलीले भने ‘यो दिवश गाउँपालिकासम्म नै मनाउने व्यवस्था गर्नुपर्छ।’

प्रधानमन्त्री ओलीले दैनिक कामकाजलाई बाधा नहोस भनेर यो बर्ष गणतन्त्र दिवसको सार्वजनिक विदा कटौती गरिएको बताए । ‘विदा बसेर मात्र गणतन्त्र मनाइने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यलय समय बाहिरको समयमा दिवस मनाऊँ। कार्यालय समयमा काम गरौं।’

गणतन्त्र दिवशका दिन ब्यापक रुपमा परिसंवाद कार्यक्रम सञ्चालन गर्न  प्रधानमन्त्रीले निर्देशन समेत दिएका छन् । टुंडिखेलमा जेठ १५ गते मनाइने गणतन्त्र दिवशको शैली पनि परिमाजर्न गरी मनाइने बताए।

लामो संघर्षबाट गणतन्त्र ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मान्छे जन्मदै श्रेष्ठ हुने पाखण्डी प्रणालीलाई बिस्थापन गर्दै प्रतिष्पर्धाबाट स्थापित हुने प्रणालीको रुपमा गणतन्त्र आएको बताए ।


  •  
  •  
  •