बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

सिंहदरबारसहितका तीन स्थानमा निःशुल्क वाईफाईका लागि चार कम्पनीको प्रस्ताव

काठमाडौं, असोज– दूरसंचार प्राधिकरणले सिंहदरबारसहितका तीन स्थानमा राख्न लागेको निःशुल्क वाईफाईको लागि आव्हान गरेको प्रस्तावमा चार कम्पनीले प्रस्ताव पेश गरेका छन्।

सिंहदरबारसहित पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क वाईफाई राख्न प्राधिकरणले प्रस्ताव आव्हान गरेको थियो।

निःशुल्क वाईफाई सञ्चालनका लागि भायोनेट प्रालि, वल्र्डलिंक, ब्रोडलिंक र सुविसुसहितले आवेदन दिएका छन्। जसमध्ये सबैभन्दा कम मुल्य भायोनेटको रहेको छ।

प्राधिकरणकाअनुसार भायोनेटले ५५ लाख २१ हजार ३६० रुपैयाँमा सो निशुल्क वाईफाई जडान तथा संचालन गर्न प्रस्ताव दिएको छ। उल्लेख गरिएको मूल्यमा ६१ प्रतिशतसम्म छुट दिने उल्लेख छ। ती स्थानहरुमा स्वीकृत कम्पनीले ब्रोडब्याण्ड नेटवर्क स्थापना गरेर इन्टरनेट सेवा प्रदान गर्नुपर्ने हुन्छ।

सेवा प्रदायकहरुले प्रस्ताव स्वीकृतभएपछि सम्झौता भएको दुई महिनाभित्र ती स्थानहरुमा वाईफाई जडान तथा संचालन गरिसक्नुपर्ने प्रस्तावको शर्तमा राखिएको छ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले आइतवार प्रस्ताव भर्ने अन्तिम दिनसम्म ४ कम्पनीहरुको प्रस्ताव आएको र ती प्रस्तावहरु हेरिएको जानकारी दिए।

Comments are closed.

'
Scroll To Top