बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

पूर्व मुख्यसचिव क्षेत्रीमाथि एक करोड भष्टाचार आरोपमा छानबिन

पूर्व मुख्यसचिव क्षेत्रीमाथि एक करोड भष्टाचार आरोपमा छानबिन

काठमाडौँ, २० कात्तिक (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विधुत प्राधिकरणको सबैभन्दा ठूलो घोटालाका रुपमा चिनिएको ट्रान्सफर्मर खरिद प्रकरणमा पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीमाथि एक करोड रुपियाँभन्दा बढी भष्टाचार गरेको आरोपमा छानबिन अघि बढाएको छ ।

गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा यअघि प्राधिरणका उच्च पदस्थ कर्मचारीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर भइसकेको छ । अदालतमा मुद्दा विचारधीन रहेकै अवस्थामा सोही प्रकरणलाई लिएर मध्यस्थता परिषद जाने निर्णय गरी गुणस्तरहीन ट्रान्सफर्मर आपूर्तिकर्ता कम्पनीलाई सहयोग गरेको आशंकामा अख्तियारले छानबिन अघि बढाएको हो ।

अदालतमा मुद्दा विचारधीन रहेकै अवस्थामा सोही प्रकरणलाई लिएर मध्यस्थता परिषद जाने निर्णय गरी गुणस्तरहीन ट्रान्सफर्मर आपूर्तिकर्ता कम्पनीलाई सहयोग गरेको आशंकामा अख्तियारले छानबिन अघि बढाएको हो ।

मध्यस्थता परिषद जाने निर्णयबाट प्राधिकरण एवं राज्यलाई एक करोड रुपियाँभन्दा बढी क्षति पुगेको अनुसन्धानमा संलग्न अख्तियारका एक अधिकारीले ओएनएसलाई बताए । अदालतमा विचाराधीन मद्दामा मध्यस्थता परिषदमा जाने गरी तत्कालीन ऊर्जा सचिव विश्वप्रकाश पण्डित र क्षेत्रीले निर्णय गरेको पाइएको अख्तियार स्रोतको भनाइ छ ।

२०७० मा गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेको भन्दै अख्तियारले चिनियाँ कम्पनी हवाइ सनलाइट र थाइल्याण्डको सहवन्त इलोक्ट्रोनिक्सका सञ्चालक र प्राधिकरणका कर्मचारीविरुद्ध १ अर्ब ६ करोड रुपियाँ बिगो दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले प्राधिकरणका तत्कालीन दुई कार्यकारी निर्देशकसहित २० जना कर्मचारीमाथि मुद्दा दायर गरेको थियो ।

प्राधिकरणमा लामो समयदेखिको भ्रष्टाचार छानबिन गर्न तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले विशेष पहलकदमी लिएका थिए । प्राधिकरणको सञ्चालक समिति अध्यक्षका हैसियतले भ्रष्टाचार प्रकरणका धेरै फाइल उनले नै अख्तियार पठाइदिएका थिए ।

Comments are closed.

'
Scroll To Top