फोरमले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ध्यानाकर्षणपत्र

संविधान संशोधन गर्न आवश्यक गृहकार्य गर्न आग्रह
17
  •  
  •  
  •  

काठमाडौं, २१ पुस(ओएनएस) : संघीय समाजवादी फोरमले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराएको छ ।

शनिबार बालुवाटारमा भएको नेकपा र फोरमका नेताहरुको भेटवार्तामा फोरमले पुराना माग सत्ताको नेतृत्वकर्ता दल नेकपालाई स्मरण गराएको हो ।

भेटवार्तामा फोरमले प्रधानमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षणपत्र समेत बुझाएको छ । संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानको मान्यता, राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्न र राष्ट्रिय समस्याहरुलाई हल गर्न समेतका लागि संविधान संशोधन गर्न आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा विधेयक पारित गराउन ध्यानकर्षणपत्रमा उल्लेख छ ।

बालुवाटारमा भएको भेटवार्तामा नेकपाका तर्फबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए ।

फोरमको तर्फबाट पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, हेमराज राई, महासचिव रामसहाय प्रसाद यादव र सचिव प्रकाश अधिकारी सहभागी थिए ।

हेर्नुहोस् स्मरणपत्र

 

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here