शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

बसेर खाना खानुस्, यस्ता फाइदा पाउनुस्…

बसेर खाना खानुस्, यस्ता फाइदा पाउनुस्…

नेपालीको घरमा  चाड पर्वमा विषेश परिकार पाक्ने गर्छन । यस्तो बेलामा विषेश गरेर मासुको परिकार घर घरमा पाक्ने गर्छ ।  यो दशैमा मासुन कति खाने, अरु खोकुरा कुनु खाने भन्ने तयारी तपाईको पनि होला ।  तर, ती परिकार कसरी खाँदा हाम्रो स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने तिर त्यति धेरै ध्यान गएको हुँदैन । यस्ता केही टिप्स छन जसले तपाईको दसैं र स्वास्थ्यलाई फाईदा हुन्छ ।

हाम्रो दैनिक जीवन विकासको क्रमसँगै परिवर्तन हुँदैछ । हाम्रो दैनिक जीवन र काम गराईमा पनि पहिले भन्दा निकै धेरै परिवर्तनहरू आइरहेका छन् । प्रविधीको विकास र भोगविलासका साधनका कारण हामी पनि त्यतै तानिएका छौ । यस्तै, क्रममा हामीले खाना खाने तरिकामा समेत बदलाव ल्याएका छौ । अहिले हामी प्राय डाइनिङ टेबुलमा बसेर चम्चाले खाना खाँदै मजा लिने गर्छौ ।

हाम्रो पुरानो चलन जहिले हामी भुईँमा पलेटी मारेर बस्ने गर्थ्यौ त्यो बानी हामीमध्ये धेरैले छुट्याईसकेका छौ । तर, विषेशज्ञहरूका अनुसार जमिनमा पलेटी मारेर बसेर खाना खाँदा निकै धेरै फाइदा हुने गर्छ । जमिनमा बसेर खाना खाँदा हामी एक योगाशनमा रहने गर्छौ, जसलाई सुखासन भन्ने गरिन्छ । सुखासन पद्मासनको एक रूप हो । सुखासनमा बसेर खाना खाँदा के-के फाइदा हुन्छ जानौः

– जमिनमा बसेर खाना खाँदा टेबुलमा बसेर खाना खाँदाभन्दा सहजै खाना खान सकिन्छ

– जमिनमा बसेर खाना खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्यपेटसम्बन्धि रोगहरूबाट समेत केही राहत पाउन सकिन्छ ।

– बसेर खाना खाँदा हाम्रो छाती र खुट्टा बलियो हुने गर्छ ।

– मानसिक तनावबाट समेत मुक्ति दिनुका साथै मनमा सकारात्मक सोचको समेत विकास हुन्छ ।

– सुखाशनले शरिरभरी समान रूपले रक्तसञ्चार गर्न मद्धत गर्छ

– जमिनमा सुखासनमा बसेर खाना खाँदा मनको एकाग्रतामा बृद्धि हुन्छ।

Comments are closed.

'
Scroll To Top