बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १२३ पुग्यो, अझै ३५ बेपत्ता

badhi]

काठमाडौं, ३२ साउन : केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र डुबानमा परी १२३ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोबाट ३९ घाइते र ३५ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढीबाट बेपत्ता हुनेको शवको खोजी जारी रहेको गृहप्रवक्ता रामकृष्ण सुवेदीले बताए । अाजकाे नागरिक दैनिकमा खबर छ ।

मन्त्रालयले मंगलबार राहत वितरणका लागि नेपाली सेनाका दुईवटा हेलिकोप्टर, सिम्रिक एयर, एयर अल्टिच्युड, श्री एयर, फिस्टेल एयर, एयर डाइनेस्ट, हेली एभरेस्ट एयरका एक–एक हेलिकोप्टर प्रयोग गरेको थियो । हवाईमार्गमार्फत सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बाँके, बर्दिया, पर्साका १८ विभिन्न स्थानमा राहत सामग्री वितरण गरिएको सुवेदीले बताए ।

बाढीले ६९ हजार पाँच सय २६ पशुपक्षी र चौपाया मरे
पशुपक्षी विकास मन्त्रालयले बाढीपहिरोमा ६९ हजार पाँच सय २६ पशुपक्षी र चौपाया मरेको जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार कुखुरा, ब्रोइलर, लेयर्स गरी ६६ हजार एक सय ५६ वटा मरेका छन् ।

त्यसैगरी, बंगुर, सुंगुरका पाठापाठी ६ सय २२, बाख्रा, बोका, खसी २६ सय ४४, भौसी–राँगा ३६ र गाईगोरु ६९ वटा मरेका छन् । यस्तै, १२ हजार ३ सय ४५ घरपालुवा चौपाया मरेका छन् । तराईका २४ जिल्लामा १८ करोडभन्दा धेरैको पशुपक्षी र चौपायाबाट क्षति भएको मन्त्रालयको आँकलन छ ।

बाढीले जंगली जनावरको ठूलो क्षति
बाढीका कारण संरक्षण क्षेत्रमा रहेका जंगली जनावरलाई ठूलो क्षति पुर्याएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए ।

बाढीले चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षणमा भएका जनावरलाई ठूलो क्षति पु¥याएको छ । प्राप्त तथ्यांकअनुसार कृष्णसार संरक्षण क्षेत्रका २० कृष्णसार मरेका छन् । चितवन निकुञ्जनजिकै त्रिवेणीमा एउटा गैँडाको बच्चा मरेको छ ।

ठूला जनावर पौडिएर बाँच्न सक्ने भए पनि जंगली जनावरका बच्चा पौडिन नसक्ने भएकाले धेरै क्षति गरेको हुनसक्ने खड्काको अनुमान छ । ‘पानी र हिलो भएकाले सबै क्षतिको विवरण संकलन गर्न सकेका छैनौँ,’ खड्काले भने, ‘एक साताभित्र सबै जंगली जनावरको क्षतिको विवरण संकलन गरिसक्छौँ ।’

 

Comments are closed.

'
Scroll To Top