आगलागीमा १० लाख बराबरको क्षति

35
  •  
  •  
  •  

लहान, २५ मंसिर(ओएनएस): सप्तरीको बोदे बसाइन नगरपालिका–१ स्थित धनगढीमा सोमबार राति आगलागी भएको छ ।

आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय सत्यनारायण साहको घरमा विद्युत् सर्ट भएर साँझ ६ बजेतिर भएको आगलागीमा उनको दुई वटा घर, स ४ प ४१९३ नम्बर मोटरसाइकल, नगद ८० हजार, एक थान सोनी कम्पनी कम्प्युटर, एक थान टिभी तथा धान, चामल, गहुँ लगायतका सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बोदे बसाइनले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।


  •  
  •  
  •