मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

‘बाहुबली–२’ ले भारतमा मनायो ५० औं दिन, अब चीनमा झण्डा गाड्ने

bahubali-2मुम्बई (एजेन्सी): बहुचर्चित भारतीय फिल्म ‘बाहुबली–२’ ले भारतमा ५० औं दिन मनाएको छ । भारतमा सबै रेकर्ड तोडेपछि अब ‘बाहुबली–२’ चीनमा झण्डा गाड्ने तयारी गरिरहेको छ ।

प्रभास र राणा दग्गुबतीको फिल्म सेप्टेम्बरमा चीनमा रिलिज गर्ने तयारी भइरहेको छ । फिल्म विश्लेषक रमेश बालाका अनुसार ‘बाहुबली–२’ लाई चीनमा ४,००० स्क्रिन मिलेको छ ।

यो अभिनेता अमिरको फिल्म ‘दंगल’ को तलनामा कम स्क्रिन हो । यसको कारण फिल्मको पहिलो भागको निराशाजनक प्रदर्शन हुन सक्ने अनुमान लगाइएको छ ।

चीनको अलावा फिल्म जापान, कोरिया र ताईवानमा पनि रिलिज हुनेछ । ‘बाहुबली’ निर्माता विदेशमा अमिरको ‘दंगल’ जस्तै रेस्पोन्स मिलोस भन्ने चाहन्छन् । यदि ‘बाहुबली–२’ पनि चीनमा ‘दंगल’ जत्तिकै व्यापार गर्छ भने अमिरको फिल्मलाई सहजै पछाडि धकेल्ने छ ।

Comments are closed.

'
Scroll To Top