बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

यसरी पनि हुन्छ घरमा झगडा, ख्याल गराै‌ं

jhagada
एजेन्सी : केटाकेटी भएको दम्पतीको घरमा बढी झगडा हुने गरेको एक अध्ययनले देखाएको छ । उनीहरुको झगडा आमा–बुवा तथा सासु–ससुरासंग हुने गरेको देखाएको छ।

जबकि उनीहरुको झगडा केटाकेटी नभएको दम्पतीको तुलनामा बढी हुने गरेकोे पाइएको छ । हालै फिनल्याण्डको एक एकेडेमीका शोधार्थीले गरेको एक अध्ययनले माता–पिता बन्नु नै परिवारको पछिल्लो पिढीकाबीच झगडाको कारण बन्नु रहेको देखाएको छ ।

jhagada 1

यो शोधमा फिनल्याण्डका १२०० मानिसलाई सहभागी गराइएको थियो । अध्ययनमा समेटिएका अधिकांश मानिसहरुको झगडाको कारण उनीहरुको आमा–बुवा तथा सासु ससुरा रहेको पाइयो । यसमा पनि सासु ससुरा भन्दा आफ्नै आमा बुवासंग बढी झगडा हुने गरेको खुलेको थियो ।

यसअघिका अध्ययनले परिवारमा बच्चा बच्चीको जन्म भएपछि ससुरालीसंग ‘कुटुम्व’ को जस्तो सम्बन्ध हुन्छ । बच्चाको हेरचाहमा अभिभावकबाट धेरै सहयोग प्राप्त हुने देखाएको थियो । तर, अहिले यहि नै झगडाको कारण बनेको छ ।

jhagada 2

शोधार्थी मिरका दानियलबाकाअनुसार जब सासू बच्चाको बढी ध्यान राख्निछन् त बुहारीबाट झगडा हुने खतरा हुन्छ । अध्ययनले यी झगडाको कारण नै आफ्ना नाति–नातिनाको पालन पोषणसंग जोडिएको निश्कर्ष निकालेको छ ।

Comments are closed.

'
Scroll To Top