शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

फिडेल कास्ट्रोको जीवनका तीन प्रसंग, जुन विश्वमा प्रख्यात छन्

AP

म कम्युनिष्ट पनि होईन र फिडेल कास्ट्रोको चिन्तनसँग पनि सहमत कहिल्यै भइन । यद्यपी मार्क्सबाद, लेनीनबाद र माओबादका धेरै अनुयायीहरु नेपाल बाहिर र नेपालभित्र चे गुयभारा र फिडेल काष्ट्रो (ल्याटीन अमेरीका का २ ठूला नेता) लाई बिश्वको कम्युनिष्ट आन्दोलनका महान नेताका रुपमा मान्य धेरै छन् ।

Anga Raj Timilsina

लेखक

मलाई भने यीनको दर्शन भन्दा यी दुई राजनीतिक नेताको जीवन कहानीप्रति रूची बढेर गयो । जब म विद्यार्थी कालमा बिभिन्न राजनीतिक, आर्थिक र सामाजिक दर्शनप्रति अाकर्षित हुन थाले ।

१९७० को दशकमा फिडेल कास्ट्रोले ‘अमेरिकामा काला जातिको राष्ट्रपति र बिश्वमा ल्याटीन अमेरिकाको पोप भएपछि मात्र अमेरिका क्यूबासँग कुरा गर्न आउनेछ्’ भनेको आखिर मिलेरै छोड्यो । जब ल्याटिन अमेरिकाका पोप फ्रान्सिसकै पहलमा काला जातिका पहिलो अमेरिकी राष्ट्रपति ओबामाले क्युबासँग अमेरिकाको कुटनीतीक संबन्ध सुरु गरे गत वर्ष ।

उसो त फिडेल कास्ट्रो ३ वटा कुराले विश्वमा प्रख्यात छन् । पहिलो,  उनको लवाई । द्रोसो, उनको लामो भाषण गर्ने तरिका र तेस्रो, उनको महिलाप्रतिकाे आकर्षण ।

सार्वजनिक रुपमा देखिँदा खैरो र हरियो रङगको सैनिक पोसाक र लामो दाह्री, अक्सर ओठमा च्यापिएको मोटो सिगार कास्ट्रोको  विश्वव्यापी पहिचान हो । यद्यपी फिडेल कास्ट्रोले पछि सिगार खान छोडे।

पहिलो
गुरिल्ला युद्ध सुरु भएपछि पहाडतिर लुक्दै गरेका बेलादेखि  दाह्री पाल्न सुरु गरेका फिडेल कास्ट्रोको दाह्री किन पाल्ने भन्ने बारे आफ्नै  सिद्धान्त छ ( ‘यदी १  दिनमा १५ मिनेट भन्दा बढी दाह्री फाल्न खर्च हुन्छ भने १  बर्षमा ५००० मिनेट दाह्री काट्न मात्र खर्च हुन्छ। यसैले यो अमूल्य समय अरु महत्वपूर्ण कुरामा खर्च गर्नु जाती।’

द्रोसो
कास्ट्रो लामोलामो भाषण गर्नमा माहिर ठानिन्थे। सेनाको ब्यारेकमा आक्रमण गरेको आरोपमा जेल हालेको मुद्दामा न्यायाधीशका अगाडि आफ्नो बचाउ आफै गर्दै अदालतमा इतिहासले मलाई दोष मुक्त गर्ने छ भन्ने बिषयमा ४ घण्टासम्म भाषण दिएका थिए, उनले ।  तर, कास्ट्रोको सबैभन्दा लामो भाषण भने ७ घण्टा र १० मिनेटको थियो। यो भाषण उनले कम्युनिष्ट पार्टीको तेस्रो कांग्रेसलाई दिइएको थियो। उनको सन् १९६० को सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघमा दिइएको ४ घन्टा २९ मिनेटको भाषण गिनिज बुकको किर्तिमान बन्यो।

 तेस्रो
कास्ट्रोको राम्रा महिलाहरुप्रति बिशेष आकर्षण थियो भनिन्छ। कास्ट्रोका कम्तीमा १० जना बच्चाबच्ची छन् भनिन्छ ।

सन १९९३ मा ‘भ्यानीटी फेअर’ भन्ने बिश्व बिख्यात ‘टेब्लोइड’ ९सनसनी खोज पत्रिका जसले अक्सर हलिउड नायक(नायिका कहानी छाप्छ० कि पत्रकार आन् लुइज बार्डाकले फिडेल कास्ट्रोलाई ‘तपाईका कति  छोराछोरी छन्’ भनेर सोध्दा फिडेल कास्ट्रोको जवाफ थियो, ‘लगभग एउटा जाति जत्तिकै।’ कास्ट्रो आधिकारिक रुपले दोस्रो बिवाह भएको थियो । र, पहिलो बिवाहबाट १  र दोस्रोबाट ५ छोराछोरी थिए । तर, पछि पत्ता लाग्यो उनी गुरिल्ला युद्दको नेतृत्व गर्दा र सत्तामा रहँदा उनले अरु  महिलासँग  पनि सम्बन्ध गाँसेर अरु बच्चाहरु जन्माएका रहेछन्।

भ्यानिटी फेअरकी पत्रकार बार्डकका अनुसार उनले अन्तर्वार्ता लिने बेला फिडेल कास्ट्रोलाई अमेरिकामा राष्ट्रपति बिल किल्न्टनको  ह्वाइट हाउसमा काम सिक्न आएकी विद्यार्थी (इन्टर्न) मोनिका लेबिन्स्की सँगको बिवाह बाहिरको शारीरिक सम्बन्धले बिल क्लिनटलाई राजनीतिकरुपले कमजोर बनाएको भन्ने कुरा सम्झाउन खोज्दा फिडेल कास्ट्रो चाही एउटा महिलासँग सुतेर एउटा नेता कसरी कमजोर हुन्छ त ? भन्ने प्रतिप्रश्न गरेका थिए।

समग्रमा अमेरिकाका १० वटै रास्ट्रपतिले झन्डै ९० माइल मात्र अमेरिकाबाट टाढा रहेको क्युबाका फिडेल कास्ट्रोलाई सीआइएमार्फत ६०० पटक भन्दा बढी हत्या गर्न गरिएको षडयन्त्रका बाबजुद क्युबामा ५० बर्ष जति शासन गर्न सफल हुनुले फिडेल कास्ट्रोले आफ्नो एउटा इतिहास बनाएर गए। अलविदा  फिडेल कास्ट्रो !

तिमिल्सिनाकाे फेसबुकबाट

Comments are closed.

'
Scroll To Top