बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

फेमिली तेल गुणस्तरहिन्, उद्योगमा आपूर्तिको छापा

घ्यु अनुगमन गर्न प्रशासनलेसमेत साथ दिएन

family oil
वीरगञ्ज, २८ भदौ (ओएनएस): फेमिली र साजन तोरीको तेल उत्पादन गर्ने शिव शक्ति घ्यु उद्योगमा आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभाग काठमाडौले छापा मारेको छ।

विभागका शाखा अधिकृत मोहन पुडासैनीको टोलीले मंगलबार राति जीतपुर सिमरा उपमहानगरपालिकाको जीतपुर उखु फारम नजिक रहेको उद्योगमा छापा मारेको हो।

फेमिलीको तेलमा अखाद्य वस्तू फेला परेपछि विभागको टोलीले छापा हानेको हो । अनुगमनको क्रममा फेमिलीको तेल उत्पादन तथा बजारमा गरिने बिक्री बितरणमा रोक छ ।

यसअघि फेमिली तेलको स्याम्पल परीक्षण गर्दा प्यारेक्साईड भ्यालु १० हुनु पर्नेमा साढे ११ भेटिएपछि तेल गुणस्तरहीन भएको दावीसहित अनुगमन टोली गोप्य रुपमा बारा आएको थियो।

टोलीले शिव शक्तिको अर्को प्लान्ट घ्यु उद्योगमा पनि अनुगमन गर्न खोज्दा उद्योगका कर्मचारी तथा सञ्चालकहरुले प्रतिकार गरेको छ । प्रहरीले पनि साथ नदिँदा टोली अनुगमन नगरी फर्किएको छ ।

Comments are closed.

'
Scroll To Top