झण्डै पाँच सयको आँखाको शल्यक्रिया

eye camp at farwestधनगढी, २७ पुस (ओएनएस) : बझाङ र बैतडीमा सञ्चालित शिविरबाट झण्डै ५ सयको आँखाको शल्यक्रिया गरिएको छ ।

ती २ जिल्लाका ५ स्थानमा सञ्चालित आँखा शिविरमा ४ सय ९६ को शल्यक्रिया गरिएको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जानकारी दिए । जसमा ४ सय ८५ जनाको मोतिबिन्दूको दृष्टि शल्यक्रिया गरिएको हो ।

१ हजार ९ सय २० जनाको आँखा जाँच गरिएकोमा १ हजार ४ सय २४ को निःशुल्क आँखाको उपचार गरिएको व्यवस्थापक भट्टले जनाए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ह्यामर रोकरी क्लब नर्वेको आर्थिक सहयोग र नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजनामा शिविर भएको हो ।

गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ एवं आँखाको दृष्टिपर्दा (रेटिना) सर्जन डा. दीपक खड्काको नेतृत्वमा सञ्चालित शिविरमा वरिष्ठ नेत्र अधिकृत एवं वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्ट लगायत १२ जना प्राविधिकको टोलीले आँखा जाँच गरिएको हो ।

शिविर पुस १० देखि २३ गतेसम्म चलेको थियो ।

SHARE