बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

कोसी बाँधबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रचण्डको असन्तुष्टि

prachand1

काठमाडौं, २८ भदौ (ओएनएस): कोसी उच्चबाँध निर्माण गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सहमति भएको भनेर दिएको अभिव्यक्तिप्रति प्रमुख सत्ता साझेदार माआबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

प्रदेश २मा स्थानीय तहको चुनावी प्रचार अभियानमा रहेका दाहालले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै कोसी उच्चबाँधको विषय बिनाअध्ययन सहमति जनाउन उचित नहुने बताए ।

उनले कोसी हाइड्याम नेपालीको हितमा नभएका कारण विस्तृत अध्ययनपछि मात्रै सरकारले कदम अगाडि बढाउँदा उचित हुने बताए ।

मंगलबार चुनावी सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सीमा क्षेत्रमा भारतले बनाएको अग्लाअग्ला बाँधका कारण तराईको भूभाग डुबानमा परेको भन्दै कोसी उच्चबाँध निर्माण गरी डुबान समस्या अन्त गर्ने भारतसँग सहमति भएको बताएका थिए ।

सोही क्रममा बोल्दै प्रचण्डले कुनै क्षेत्रीय पार्टीबाट मधेसको विकास सम्भव नहुने भन्दै मधेसको पहिचान माओवादीको ‘जनयुद्ध’बाट स्थापित भएको मुद्दा भएको बताए । यो वर्ष नेपाल र नेपालीको चुनावी वर्ष भएको उल्लेख गर्दै उनले मधेसमा माओवादी केन्द्रप्रति जनताको आकर्षण भएको दाबी गरे ।

Comments are closed.

'
Scroll To Top