हात्तीको बथानले दुई घर भत्कायो

549
  •  
  •  
  •  

कञ्चनपुर, १९ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छन्।

जंगली हात्तीको बथानले यहाँका कृषकको अन्नबाली नष्ट गर्दै आएकोमा शनिबार राति दुई घर भत्काइदिएको छ।

हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पुर्याएको छ।

घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन्। दीपककी श्रीमतीले हात्तीले घर भत्काउन थालेपछि दुधेबालकसहित खातमुनि लुकेर ज्यान जोगाएको बताए।

हात्तीको बथानलाई होहल्ला र साइरन बजाएर स्थानीय बासिन्दाले भगाउन थालेपछि घरभित्रबाट निस्केर सुरक्षित स्थान पुगेको उनले बताए।


  •  
  •  
  •