हात्तीकाे अाक्रमणमा परी दुर्इ महिलाकाे ज्यान गयाे

93
  •  
  •  
  •  

काठमाडौं, १ फागुन (ओएनएस): हात्तीकाे अाक्रमणमा परी सप्तरीमा दुर्इ महिलाकाे ज्यान गएकाे छ। कोसी टप्पु वन्यजन्तु आरक्षबाट अाएका हात्तीले आक्रमण गर्दा उनीहरुकाे ज्यान गएकाे हाे ।

कञ्चनपुर नगरपालिका ५ पथरी टोलका ३५ वर्षीया मञ्जुदेवी साह र दुर्गीदेवी मुखीयाकाे हात्तीको आक्रमणले ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मुकेश सिहले बताए । उनीहरुसँगै रहेकी २२ वर्षिया बुधनीदेवी सरदारले भने भागेर ज्यान बचाउन सफल भएकी एसपी सिहले बताए।

मृतक दुवैको शव पोस्टमार्टमका लागि राजविराजस्थित सरगरमाथा अञ्चल अस्पतालमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्सपेक्टर डिल्ली चौहानले बताए।

सप्तरीमा हात्ती लगायतका जंगली जनावरको आक्रमणमा परी यसअघि कञ्चनरुप नगरपालिका–१० बदगामाकी ७० वर्षीया फूलवादेवी यादव, हनुमाननगर सञ्जय साफी र रोशनकुमार झा, भारदहका रघुनाथ खंग, बैरवाका अल्लाउद्दिन खाँ, कमलपुरकी संगीता यादव, कञ्चनरुप नगरपालिका–१० का सत्यनारायण यादवकी १३ वर्षीया छोरी सङ्गीता यादव लगायतको मृत्यु भइसकेको छ।


  •  
  •  
  •