बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

वडा अध्यक्षको गैरजिम्मेवारपनले जलविद्युत आयोजना बन्द

वडा अध्यक्षको गैरजिम्मेवारपनले जलविद्युत आयोजना बन्द

बाजुरा, कात्तिक १९– वडा अध्यक्षको लापरवाहीले बाजुराको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनमा रहेको नारीघाट लघु जलविद्युत आयोजना बन्द भएको छ।

करिब एक हजार घर उपभोक्ता रहेको जलविद्युतको प्यानसिटमा क्षति पुग्दा आयोजना बन्द भएको हो।

डोजर नलिन आग्रह गरिएकोमा वडा अध्यक्ष टेकबहादुर रोकायाले नहरमा डोजर लगेपछि प्यानसिटमा क्षति पुगेको स्थानीय दाबा गुरुङ भोटेले जानकारी दिए।

डोजर कोल्टी जाने क्रममा रहेको छ। तर, स्थानीयले भने विद्युत आयोजना नबनुन्जेलसम्म डोजरको काम अगाडि बढाउन नदिने बताएका छन्।

विद्युत अवरोध हुँदा मोबाइल चार्जदेखि बच्चाहरूको पढाईमा बाधा हुनुका साथै स्थानीय अँध्यारोमा बस्न बाध्य भएको नारीघाट लघुजलविद्युत सञ्चालक समितिका अध्यक्ष नैनसिंह बोहोराले बताए।

Comments are closed.

'
Scroll To Top