बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

दलको ‘पोजिशन’का आधारमा मतपत्रमा चुनाव चिन्ह

NIRBACHAN-AAYOG
काठमाडौं, २० भदौ (ओएनएस) : निर्वाचन आयोगले दलले दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फ पाएको मत संख्याको आधारमा चुनाव चिन्हको क्रम मिलाउने भएको छ ।

समानुपातिक तर्फ पाएको मतको आधारमा बनेको ठूलो दलको चिन्ह पहिलो नम्बर वा माथि राखिने भएको छ ।
०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचनमा बढी मत पाएर पहिलो नम्बरमा आएको नेपाली कांग्रेसको चुनाव चिन्ह पहिलो नम्बरमा रहने छ ।

दोस्रोमा नेकपा एमालेको सूर्य र तेस्रोमा माओबादी केन्द्रको गोलाकार भित्रको हँसिया हथौडा रहनेछ । सोही चुनावको आधारमा चौथो दल बनेको बनेको राप्रपाको चुनाव चिन्ह गाई चौथो नम्बरमा रहनेछ । यद्यपि अहिले राजपा विभाजन भएपछि अब चौथो नम्बरमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आएको छ ।

राजपाले निर्वाचन आयोगमा छाता चिन्हमा दाबी गरिरहेको भएपनि तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा साइकल चुनाव चिन्हमा चुनाव लड्दैछ ।

विभाजन भएका र एकीकरण भएका दलहरुको हकमा उनीहरुले पाएको त्यसबेलाको मतलाई नै आधार मानेर चुनाव चिन्ह वितरण गरिने यादवले बताए । नयाँ दर्ता भएका दलहरुको हकमा भने वर्णानुक्रम अनुसार चुनाव चिन्ह दिने निर्वाचन आयोगको तयारी छ ।

Comments are closed.

'
Scroll To Top