शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

झापामा ३ हजार ३३६ जनाको उम्मेदवारी

jhapa
झापा, ५ असार (ओएनएस) : दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै ३ हजार ३३६ जनाले उम्मेदवारी दिएका छन् ।

जसअन्तर्गत गाउँपालिकाका अध्यक्ष पदमा १२९, उपाध्यक्षमा १६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएका छन् ।

सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।

Comments are closed.

'
Scroll To Top