बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रिचर्डलाई

Richard-Sakerकाठमाडौं, २३ असोज–यस वर्षको अर्थशास्त्रतर्पmको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचर्ड थेलरले जितेका छन् ।

‘बिहेभरियल इकोनोमिक्स’ (व्यवहारिक अर्थशास्त्र) मा दिएको योगदानका लागि उनलाई नोबेल पुरस्कार दिइएको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेज (आरएसएओएस) ले जनाएको छ।

आरएसएओएसले भनेको छ, ‘समग्रमा थेलरको योगदानले अर्थशास्त्र र व्यक्तिगत निर्णय प्रक्रियाको मनोवैज्ञानिक विश्लेषणको सेतु निर्माण गरेको छ।’

थेलरले ९० लाख स्वीडिश क्रोन (११ लाख अमेरिकी डलर) बराबरको पुरस्कार राशी जितेका छन् । थेलरको व्यवहारिक खोज र सैद्धान्तिक अन्तदृष्टि नयाँ र तीव्र गतिमा बढिरहेको व्यवहारिक अर्थशास्त्रको क्षेत्रमा निकै उपयोगी रहेको बताइएको छ।

थेलरले सीमित तर्कसंगतता, सामाजिक प्राथमिकता र आत्मनियन्त्रणको कमीले व्यक्तिगत निर्णय र बजारको परिणामलाई कसरी प्रभावित गर्छ भन्ने कुरा व्याख्या गरेका थिए।

Comments are closed.

'
Scroll To Top