बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

mexico
काठमाडौं, ४ असोज (एजेन्सी): क्सिकोमा शक्तिशाली भूकम्पमा परी कम्तिमा पनि १३० जनाको मृत्यु भएको छ ।

मंगलबार मेक्सीको सिटीमा गएको ७.१ रेक्टर स्केलको भूकम्पबाट मेक्सीको सहररका कैयौं घरहरु भत्किएका छन् ।
भूकम्पबाट मृत्यु भएका तथा घाइतको खोजी तथा उद्दार कार्य भइरहेको छ ।

mexico 2

भूकम्पमा परि विद्यालय गएका बालबालिकाहरु फसेको आशंका गरिएको छ । पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै केन्द्रविन्दु भएको ७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

mexico 1
मेक्सिकोमा यसअघि ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो । जुनबेला १० हजार बढी मानिसले ज्यान गुमाएका थिए । यसै महिना देशको दक्षिणी भागमा ८।१ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा ९० जनाको मृत्यु भएको थियो ।

Comments are closed.

'
Scroll To Top