बझाङमा ४.५ रेक्टरको भूकम्प

357
  •  
  •  
  •  

बझाङ, कात्तिक २० – बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दू बझाङको सदरमुकाम चैनपुरबाट ३० किलोमिटर उत्तर रहेको जनाइएको छ।

भूकम्पले क्षति गरे नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताए।


  •  
  •  
  •