म्याग्दीमा एकाविहानै भूकम्पको धक्का

19
  •  
  •  
  •  

काठमाडौं, ३० असोज– म्याग्दीमा एकाविहानै भूकम्पको धक्का महसुस भएको छ।

सोमबार बिहान ५ बजे ५ सेकेन्डमा म्याग्दीको धौलागिरी गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

एकाबिहानै गएको भूकम्पको धक्का लुलाङ, ताकम, मुदीका साथै म्याग्दी सदरमुकाम बेनीबजारसम्म महसुस भएको थियो। सुतिरहेकाहरु घर बाहिर निस्किएका थिए।

बेनी आसपास र धौलागिरि गाउँपालिका–७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस भएको ताकमका गोपाल आचार्यले बताए।


  •  
  •  
  •