बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

मेरै जीवनकालमा राष्ट्रपति प्रणाली आउँछ, थाक्ने पक्षमा छैन : डा. भट्टराई

Dr-Baburam-Bhattarai
काठमाडौं, १८ भदौ (ओएनएस) : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नै जीवनकालमा नेपालमा कार्यकारी राष्ट्रपतीय प्रणाली लागू हुने दाबी गरेका छन् ।

नयाँ शक्ति पार्टीद्वारा आज आयोजित ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनकानिम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले तत्कालै राष्ट्रपतीय प्रणाली नआउन सकेपनि आफ्नो जीवनकालमै यो प्रणाली देशमा लागू हुने दाबी गरे । ‘अहिलेको संसदले राष्ट्रपतीय प्रणाली ल्याउला भन्ने लाग्दैन, सबै पुरानै नेताहरुको बाहुल्यता छ’ उनले भने, ‘प्रदेश र प्रधिनिधिसभा निर्वाचन पछि बन्ने संसदले यो प्रणालीका विषयमा सोच्न सक्छ ।’

उनले राष्ट्रपतीय प्रणालीमा कांग्रेस सहमत नभएपछन प्रदिप गिरीलगायतका केही नेताहरु यसको पक्षमा रहेको बताए ।
यसअघि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको एमाले यो प्रणालीमा सहमत हुन सक्ने बताउँदै नेता भट्टराईले देशको सम्बृद्धिको लागि कार्यकारी राष्ट्रपतीय प्रणालीलाई सबैले स्वीकार्नु आवश्यक रहेको बताए ।

‘एक नम्बरमा देशमा विकास र सम्बृद्धिको आवश्यक छ’ उनले भने, ‘त्यसका लागि प्रत्येक्ष तथा कार्यकारी राष्ट्रपति आवश्यक छ, जुन केही वर्षका लागि स्थायी सरकार बनोस् र काम गर्ने अवसर पाओस् ।’

यसअघि संविधान निर्माणको क्रममा आफू एक्लैले केही गर्न नसकेको भन्दैनेता भट्टराई अब बाहिरैबाट सबैको सहकार्यमा राष्ट्रपतीय प्रणालीका लागि लबिङ गर्ने बताए । देशको सम्बृद्धिका लागि स्थायी व्यवस्था लागू गर्नका लागि युवा शक्तिको बढी आवश्यकता भएकाले देश तथा विदेशमा रहेका युवाहरुले यसको पक्षमा आवाज बुलन्द गर्न आग्रह गरे ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट प्रदिप गिरी, एमालेका सचिव योगेश भट्टराई, माओबादी केन्द्रका शक्ति बस्नेत, संविधानविद् भीमार्जुन आचार्य, लेखक युगथ पाठकलगायत थुप्रै राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले राष्ट्रपतीय प्रणालीकाे विषयमा धारणा राखेका थिए।

Comments are closed.

'
Scroll To Top