मुगुका दलित समुदाय डोको बुनेर जीविका चलाउन बाध्य(फाेटाेफिचर)

65
  •  
  •  
  •  

मुगु, ३२ असार (ओएनएस) : मुगु छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाउँका धन बहादुर विक एका बिहानै उठेर साँझ विहनाकाे छाक जाेर्नकाे लागि कहिले डोका बुन्ने तिर लाग्नु हुन्छ त कहिले बुनेका डोका बेच्न भन्दै भारी बाेकेझैँ बाेकेर गाउँ गाउँ जाने गरेका छन्। धन बहादुरकाे याे दैनिकी नै बन्न पुगेकाे छ।

धन बहादुर भन्छन्,’ खेतीपाती पनि गर्छु तर ६ महिना मात्र खान पुग्छ, अन्य रोजगार नभएकाे कारणले बेरोजगार छौ, त्यसैले जिवन गुजारा गर्न भएपनि डोकाु बुन्ने पेशा अगांलेकाे छु।’

धन बहादुरले अाँखा रसाउँदै अागाडी भन्छन्,’ डोका बुन्ने काम नगरे त चुलोमा आगो नै बल्दैन । डोका बुनेरै सात जनाको परिवार पाल्दै आएको छु।

धन बहादुर मात्र हाेइनन्, निगाले गाउँका अधिकांस दलित समुदायका स्थानीयवासीले यही पेशा अगांलेर गुजारा चलार्इरहेका छन्। त्यस्तै रुगा कोटिला गाउँका स्थानीयवासीकाे पनि पेशानै डोको बुन्ने रहेको छ ।

उमेरले डाँडापारीको घाम बन्नु भएका अपांग भएपनि डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ ६५ बर्षका कन्न सिहं विकको जवानीमा कालापहाड जाने आउने गरेका विकले खासै पैसा भने कमाउन सकेननु बरु रोग ल्यायर पर्किएन बाध्य भए । काला पाहाडमा होल खाप्ने काम पाएका विकको कात्तोस पटकाउने बेला आखाँमा गहिरो चोट लाग्योे अपागं भएर फर्के।

अहिले बुढेसकाल त्यसैमाथि छोरा छोरी बाट अलग हुनु परेपछि उनलार्इ पेट पाल्न धाैँ धाैँ परिरहेकाे छ।पेट पाल्न अरु केही गर्न नसकिए पछि डोको बुन्ने ब्याबसाय राेजेकाे उनकाे भनार्इ छ।एकवटा डोकोको मूल्य ३ देखि ४ सय सम्ममा बिक्री हुने गरेको विकको भनाई छ । उनका अनुसार दिनमा पाँचवटा डोको बुनेर मासिक २० हजार जति आम्दानी गर्छु ।

मुगु जिल्लका निगाले रुगा कोटिला लगायतका दलित समुदायका स्थानीय निगालो बाट बन्ने डोको, डालो, छाप्री ,छान्नु सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन ।


  •  
  •  
  •