बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

साढे ११ करोडको कुकुर ! देख्नु भएको छ ?

IMELDA GRAUER

IMELDA GRAUER

काठमाडौँ,  मंसिर (एजेन्सी) : एउटा कुकुरको मूल्य कति पर्छ होला ? तपाई हजार होइन, लाखको हाराहारीमा सोच्दै हुनुहुन्छ भने पनि त्यो गलत सावित हुनेछ ।

आयरल्याण्डका एक शिकारी कुकुरको मूल्य १० लाख यूरो अर्थात साढे ११ करोड ६३ रुपैयाँ रहेको बीबीसीले जनाएकाे छ ।

क्लेयर्स राकेट नामक यो शिकारी कुकुर चोरी भएपछि यो प्रसंग बाहिर आएको हो । टपरेरी काउन्टीको गोल्डन नामक ठाउँबाट आफ्नो प्रशिक्षक सँगै रहेको कुकुर चोरी भएको हो ।

कुकुर फेला पार्नेलाई ५४ हजार यूरो पुरस्कार घोषणा गरिएको थियो । प्रहरीले क्लेयर्स रान्केट नामक त्यो कुकुरको चोरीमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीका अनुसार कुकुरलाई भने सुरक्षित र सकुशल अवस्थामा फेला पारिएको छ । शिकारी कुकुरका विषयमा जानकार इयन फाच्र्युनले राकेट ग्रेहाउण्ड रेसिङमा सुपरस्टार मानिन्छ ।

Comments are closed.

'
Scroll To Top