बिहीबार, भाद्र ८, २०७४ | Thursday, August 24, 2017
न्युज अपडेट

ज्यूँदै रहेको प्रमाणित गर्न पत्रकार सम्मेलन गरे डाक्टरले !

Photo Source: BBC Hindi

Photo Source: BBC Hindi

काठमाडौं, मंसिर (एजेन्सी) : भारतका एक डाक्टरले आफू ज्यूँदै रहेको प्रमाणित गर्न पत्रकार सम्मेलन गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार कालो धन जम्मा गरेको भन्दै सरकारी टोलीले एक डाक्टरकाे घरमा छापा मार्दा  उनकाे हृदयघातबाट मृत्यु भएको हल्ला चलाइएको थियो ।

ह्दयघातबाट ज्यान गुमाएका भनिएका डाक्टर आरवी सिन्हाले पत्रकार सम्मेलन गरी कर अधिकारीले घरमा छापा मार्दा हृदयघातबाट मृत्यु भएको भनेर आफ्नो इज्जतको धज्जी उडाइएको बताए ।

बिहार राज्यकोको छपरा जिल्लाका ५६ वर्षीय डा. सिन्हाका घरमा कर अधिकारीहरुले छापा मारेको गत मंगलबार त्यहाँका स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए । समाचारमा उनको घरमा ६ करोड रुपैयाँ कालो धन राखेका थिए भन्ने उल्लेख गरिएको थियो साथै, उनको हृदयघातबाट मृत्यु भएको पनि समाचार सार्वजनिक भएको थियो ।

डा. सिन्हाले भने उक्त समाचार निराधार भएको टिप्पणी गरेका छन् । स्थानीय २ टेलिभिजन र एक समाचार वेभसाइटविरुद्ध उजुरी दर्ता गरिसकेको उनले पत्रकार सम्मेलनमा बताए ।

Comments are closed.

'
Scroll To Top