जब यी डाक्टरहरु हडतालमा सहभागी नहुने भनेपछि चिकित्सक संघलार्इ लाग्याे झट्का !

573
  •  
  •  
  •  

काठमाडाैं, ३ साउन (अाेएनएस) : नेपाल चिकित्सक संघले बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा सबै सेवा बन्द गर्ने घोषणा कार्यक्रम केही चिकित्सकहरु सहभागी नहुने संकेत देखाएकाे छ।

नेपाल कम्युनिष्ट पार्टी निकटका चिकित्सकहरु उक्त कार्यक्रममा सहभागी नहुने संकेत देखाएका छन् ।
सेवा अवरुद्ध गर्ने विषयमा चिकित्सहरु विभाजित भएपछि अान्दाेलन फितलाे हुने अनुमान गरिएकाे छ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै संघले गरेको हडताल विरुद्ध नेकपा निकटका डाक्टरहरुलार्इ भने सहभागि नहुन केन्द्रबाट नै निर्देशन दिएकाे स्राेतले बताएकाे छ।

गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै संघकाे अगुवार्इमा चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन्  संघले बुधबार विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने जनाएको थियाे। देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन उद्देश्यले यस्ताे कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ ।

केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका छन् ।

नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ


  •  
  •  
  •