गुल्मीमा ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद

675
  •  
  •  
  •  

काठमाडौं,२८ साउन (ओएनएस) : भदाैँ १ देखि लागू हुने सम्बन्ध विच्छेदकाे कानुनलार्इ टेकेर गुल्मीकी एक महिलाले ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद गरेकी छन्।

भदाैँ १ देखि लागू हुने सम्बन्ध विच्छेद कानुन अनुसार लामाे समय श्रीमान सम्पर्क बाहिर बसे सम्बन्ध विच्छेद गर्न सकिने छ।

आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६ कुर्घाका ३५ वर्षिया राजु गौतमी श्रीमती अनिता (नाम परिर्वतन) ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् ।

अदालतले उनको विवरण गोप्य राख्न आग्रह गरेको छ । विदेशबाट श्रीमान धेरै वर्षदेखि घर नआएको, फोन पनि नउठाएको तथा फोन उठाएपनि गाली गलौज गर्ने गरेको भन्दै ति महिलाले अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिएकी थिईन् ।


  •  
  •  
  •