डिभोर्स गरी बसेका ऋतिक रोशनसँग विवाह गर्ने सोनाक्षीको चाहना

13
  •  
  •  
  •  

काठमाडाैं, १६ कात्तिक (अाेएनएस) : बलिउडमा हट अभिनेत्रीकाे रुपमा परिचित सोनाक्षी सिन्हालार्इ विवाह गर्न मन लागेकाे छ। पछिल्लाे समय बलिउडमा अभिनेत्रीहरुकाे विवाह गर्ने लहर चलेपछि साेनाक्षीलार्इ पनि विवाह गर्न मन लागेकाे छ।

अभिनेत्री सोनम कपुरले बिहे गरि सकिन् । प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन् । त्यही बलिउडमा केही हिरोइन भने अहिलेसम्म पनि जीवनसाथीको खोजीमा छन् । यी अभिनेत्री यस्तो मान्छेको खोजीमा छन् कि जसले उनीहरूलाई बुझेर पूरा जिन्दगी साथमै बिताउन सकून् ।

यसैक्रममा सोनाक्षीले जीवनसाथीको विषयलाई लिएर एक अन्तर्वार्तामा केही खुलासा गरेकी छिन् । लाइफ स्टाइल म्यागजिनले सोधेको थियो, ‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ उनले भनिन्, ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ साथै उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि बताएकी छिन् ।

फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्नुपर्‍यो भने रु भन्ने प्रश्नमा उनले आफूलाई ऋतिक रोशन मनपर्ने बताएकी छिन् । आफू विवाहका लागि ऋतिकसँग राजी भएको उनको धारणा थियो ।
स्मरण रहाेस् २०१४ मा ऋतिक र सुजैनको डिभोर्स भएको थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here