गुप्तचर प्रमुख रेग्मी हटाइए

92
  •  
  •  
  •  

काठमाडौं, २४ पुस (ओएनएस) :  सरकारले राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग  का प्रमुख दीलीपराज रेग्मीलाई पदमुक्त गरेकाे छ।

मन्त्रिपरिषद्काे साेमबारकाे बैठकले रेग्मीलाई पदमुक्त गर्दै एआइजी गणेश अधिकारीलाई प्रमुख नियुक्त गरेको हाे।

बैठकले विभाग सञ्चालनसम्बन्धी विशेष सेवा नियमावलीमा रहेको प्रमुखको पदावधिसम्बन्धी प्रावधान संसोधन गरेर रेग्मीलाई हटाएको हो । नियमावलीमा प्रमुखको पदावधि चार वर्ष हुने व्यवस्था थियो । यसलाई संसोधन गरी तीन वर्ष बनाइएको छ । चारवर्षे पदावधि हुँदा रेग्मी १४ जेठसम्म कायम रहन्थे।


  •  
  •  
  •