बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

डीअाईजी सिलवालको रिट सर्वोच्चद्वारा खारेज

Nawaraj-Silwal

काठमाडौं, २७ भदौ (ओएनएस) : आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले आज खारेज गरेको छ ।

प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीको नेतृत्वको पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो ।

बरियताका आधारमा आफू नै आईजीपी नियुक्ति गरिनुपर्नेमा दोस्रो नम्बरमा रहेका प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको भन्दै सिलवालले अदालतमा रिट दायर गरेका थिए ।

अदालतले अर्यालको फैसलाले पनि आज प्रकाश अर्यालको कार्य सम्पादन मूल्यांकन अंक १५४ दशमलव ४ र सिलवालको १५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदावी पूरा नहुने ठहर गरेको हो । यससंगै लामो समयदेखि यथावत रहेको आइजीपी विवाद टुंगिएको छ ।

aadesh

aadesh 1

 

 

Comments are closed.

'
Scroll To Top