बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

मुसहर बस्ती बनाउन महोत्तरी पुगेका धुर्मुसले भने, ‘देश नै नरहने अन्यौलता चिर्न तराई झर्यौं’

dhurmus-महोत्तरी, १३ पुस (अाेएनएस) : हाँस्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ मुसहर बस्ती निर्माणका लागि महोत्तरीको बर्दिवास पुगेका छन् ।

उनी बर्दिवास नगरपालिका–२, मा मुहरका ५० घर निर्माणका लागि त्यहाँ पुगेका हुन् ।

‘धुर्मुस–सुन्तली’ फाउण्डेसनमार्फत् २ वटा बस्ती निर्माण गरिसकेका धुर्मुस बर्दिबास पुगेपछि स्थानीयले उनको टिमलाई भव्य स्वागत गरेको छ ।

धुर्मुसले सदरमुकाम जलेश्वर सञ्चारकर्मीसँग अन्तर्क्रिया पनि गरे ।

देश नै नरह्ने अन्यौलता चिर्न आफूहरू तराई झरेको बताउँदै धुर्मुसले सद्भावको सन्देश बाँड्न एकीकृत नमुना मुसहर बस्ती निर्माण गर्न लागेको बताए । आगामी बैशाख १ गतेसम्ममा समूदायलाई बस्ती हस्तान्तर गर्न काम भइरहेको उनले बताए ।

गिनाचौर नयाँ बस्ती निर्माण सकिएपछि बचत रहेको १ करोड ३ लाखबाट मुसहर बस्ती निर्माण कार्य सुरु गरिएकोमा अहिलेसम्म दाताबाट थप ५२ लाख सहयोग भएको धुर्मुसले बताए ।

मुसहर परिवारका लागि शौचालयसहितको ५० वटा २ तले घर, पार्किङ्ग, सार्वजनिक शौचालय, उद्यान, मन्दिरसहितको व्यवस्था गरिनेछ ।
एकीकृत नमुना मुसहर बस्तीका परियोजना संयोजक अर्जुन न्यौपानेले प्रति घर बनाउन ८ लाख रुपैयाँ तथा सम्पूर्ण परियोजना सम्पन्न गर्न ४ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले जानकारी दिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले अभियानलाई ११ हजार रुपैयाँ प्रदान गरेको छ ।

सम्बन्धीत समाचार
धुर्मुस–सुन्तलीले ४ करोड ७८ लाखमा मुसहरका लागि नमूना बस्ती बनाउने

 

Comments are closed.

'
Scroll To Top