बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

सन नेपाल लाइफको कारोवार सुरु, धुर्मुस–सुन्तली ब्राण्ड एम्वेस्डर

dhurmus-suntali
काठमाडौं, ६ असोज (ओएनएस): सन नेपाल लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि कारोवार गर्न सुरु गरेको छ।

यसअघि पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा १० वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स उपलब्ध गराएकोमा सन नेपाल लाइफ इन्स्योरेन्स कारोवारमा लाइसेन्न्स पाएको थियो।

शुक्रबार नै युनियन लाइफ इन्स्योरेन्सले पनि कारोवार आरम्भ गरेको छ जीवन बीमा सञ्चालनका लागि न्यूनतम दुई अर्ब रुपैयाँ चुक्ता पूँजीँ आवश्‍यक पर्छ। दुई अर्ब रुपैयाँ पूँजी भएका कम्पनीले कारोवार अनुमति पाएका छन्।

सन लाइफ इन्स्योरेन्समा राजेन्द्र शाक्य, सत्यनारायण क्वायल, पवनकुमार वंशल, सुशीलकुमार धुरका, प्रमोद अग्रवाल, पुष्करभक्त शर्मा र नीता शर्मा संस्थापक रहेका छन्। इन्स्योरेन्सको ब्राण्ड एम्वेस्डरको रूपमा कलारकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रहेका छन्।

Comments are closed.

'
Scroll To Top