शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

धुर्मुसले गरे जन्मदिनकै अवसरमा नमुना बस्तीको सिलान्यास (हेर्नुहोस् तस्बीरमा)

dhurmus
काठमाडौं, ४ असोज (ओएनएस): धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले आफ्नो जन्मदिनको अवसरमा नयाँ नमुना बस्तीको सिलान्यास गरेका छन् ।

फाण्डेशनको चौंथो परियोजना अन्र्तगत बाढीपीडित क्षेत्र रौतहटको चन्द्रपुर नगरपालिकामा एकीकृत नमुना सन्तपुर बस्तीको सिलान्यास गरेका हुन् ।

dhurmus 2

चन्द्रपुरको वडा नं. ८ सन्तपुरमा रहेका बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती बन्नेछ ।
सन्तपुर बस्तीकै पीडित १०७ वर्षीया बृद्धा रामकलिया देवी हजाराको प्रमुख आतिथ्यतामा बस्तीको सिलान्यास गरिएको धुर्मस सुन्तली फाउण्डेशनले जनाएको छ ।

dhurmus 1

कुल अनुमानित लागत ५ करोड ७५ लाखको लागतमा बन्न लागेको बस्तीमा ४५ आवासीय घर, एक भ्यु टावर, एक सामुदायिक भवन, एक मन्दिर, सार्बजनिक धाराहरु र शौचालयहरु बन्नेछन् ।

dhurmus 3

असाेज ४ गतेदेखि सुरु भएको परियोजना माघ २४ समुदायलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अघिल्ला परियोजनाहरु जस्तै यस बस्तीका लागि पनिसाथ र सहयोग हुने अपेक्षा गरेको बताएका छन् ।

dhurmus 4

Comments are closed.

'
Scroll To Top