बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

क्यानडामा धुर्मुस सुन्तलीलाई सम्मानसहित १० लाख रुपैयाँ

dhrumus suntali
क्यानडा, २५ भदौ (ओएनएस) : बाढीपीडितका लागि नमुना बस्ती निर्माणको अभियानमा जुटेका सिताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली)को जोडीलाई क्यानडामा सम्मानसहित १० लाख रुपैयाँ प्रदान गरिएको छ ।

चर्चित हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीलाई क्यानडाको क्यालगेरीमा डाँफे स्पोर्टस क्लब र क्यालगोरीका युवाहरुको सक्रियतामा सम्मान तथा नगद प्रदान गरिएको हो ।

धुर्मुस सुन्तलीले गरेका सामाजिक कामहरुको प्रशंसा गदैं आयोजक डाँफे स्पोर्टस क्लबले कार्यक्रम स्थलमा बाढीपीडितका लागि निर्माण गर्न लागिएको एकीकृत नमुना बस्तीका लागि डोनेशन बक्स समेत राखेको थियो ।

उक्त डोनेशन बक्सबाट ४ हजार ४ सय २३ डलर सहयोग संकलन भएको र कार्यक्रमबाटै नेपलिज कम्युनिटी सोसाईटी अफ क्यालगेरीले ५ हजार डलर, किराँत याक्थुम चाम्लुङ्गले ७ सय डलर, याक्थुम चुम्लुङ्गले ५ सय डलर, डाँफे स्पनेर्टस क्लबले १ हजार डलर र स्थानिय म्युजिकल ब्याण्ड यात्री ब्याण्डले ३ सय डलर सहयोग प्रदान गरेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

क्यालगेरीमा आयोजना भएको कार्यक्रमको सहयोगी संस्थाहरुमा नेपलिज कम्युनिटी सेसाईटी अफ क्यालगेरी, सि।एन।सी।ए। क्यालगेरी र किँरात याक्थुम चाम्लुङ्ग रहेका थिए ।

Comments are closed.

'
Scroll To Top