काठमाडौं, १२ मंसिर(ओएनएस) । तीन वर्षअघि भूकम्पले ध्वस्त बनाएको धरहरा पुनः निर्माण भइरहेको छ ।
तीन अर्ब ४५ करोड रुपैयाँकाे लागतमा पुनर्निमाण गर्ने जिम्मा जीआर्इर्इटीसी रमन जेभी कम्पनीले पाएको छ । उक्त धरहरा ४२ रोपनी क्षेत्रफलमा बन्नेछ भने २२ तलाको हुनेछ निर्माण कम्पनीले जनाएकाे ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार धरहरा दुई वर्षको अवधिमा बनिसक्ने छ । नयाँ बन्ने धरहरा गुम्बज र गजुरसहित ७७ मिटर अग्लो हुनेछ । धरहरा निर्माणसँगै यसकाे छेउँमा अत्याधुनिक तीन तले सवारी पार्किङ स्थलसमेत बन्नेछ।
अन्य तस्बिरहरु हेर्नुहोस्