अन्तत: विभागका डीजीलार्इ सरुवा गरी छाडे यातायामन्त्री महासेठ , १६ सहसचिवको सरुवा (नामसहित)

74
  •  
  •  
  •  

काठमाडौं, १० जेठ (ओएनएस) : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले अन्ततस् विभागका डीजीलार्इ सरुवा नै गरेका छन्। सरकारले २८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । बढुवा भएका १२ नयाँ सहसचिवहरुको पदस्थापन गरिएको हो भने १६ सहसचिवहरु सरुवामा परेका छन् ।

यातायात व्यवस्था विभागमा रहेर यातायातको सिन्डिकेट अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका सहसचिव रुपनाराण भट्टराई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेर जगेडामा राखेका भट्टराईलाई श्रम मन्त्रालयमा पठाइएको हो । मन्त्री गोकर्ण विष्टले नै भट्टराईलाई मन्त्रालय ल्याउन पहल गरेको स्रोतको भनाइ छ।

म्यानपावर व्यवसायलाई व्यवस्थित बनाउन भट्टराईलाई वैदेशिक रोजगार विभागमा पठाउने तयारी श्रम मन्त्रालयको छ । यातायात विभागबाट तानेर आफूलाई जगेडामा राखिएपछि भट्टराई बिदामा थिए ।

सरुवाकाे नामावली अनलाइन खबरकाे सहयाेगमा

सम्बधित समाचार याे पनि पढ्नुहाेस

‘डिजीलाई सरुवा गरेको छैन, महत्वपूर्ण काम गर्न मन्त्रालय बोलाईएको हो’ : मन्त्री महासेठ

 

 


  •  
  •  
  •