एक्सन र कमेडीका बलिउड अभिनेता अजय देवगन अहिले सम्मकै फरक लुकमा

13
  •  
  •  
  •  

असार २९ : एक्सन र कमेडीका बलिउड अभिनेता अजय देवगन अहिले सम्मकै फरक लुकमा एक नयाँ चलचित्रमा देखिन लागेका छन्। पछिल्लो समय सिघंमकाे नामले चर्चा कमाएका बलिउड अभिनेता अजय देवगन केही फरक लुकका साथै फरक भूमिकामा समेत देखिन लागेका छन्।

उनी फिल्म ‘चाणक्य’मा शीर्ष भूमिकाका लागि अनुबन्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। फिल्मको निर्देशन गरेका निरज पाण्डेले यसको निर्देशन गर्न लागेका हुन्।

अजयले आफू ुचाणक्यु मा अनुबन्धित भएको जानकारी ट्विटर मार्फत गराएका हुन्। उनले उक्त फिल्ममा काम गर्न आफू निकै उत्साहित भएको पनि उल्लेख गरेका छन्।

भारतको मौर्यकालीन सभ्यताका दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ चाणक्य ‘कौटिल्यु र विष्णुगुप्त’ को नामले समेत परिचित छन्। उनैको जीवनीमा आधारित रही फिल्म निर्माण हुन लागेको हो। एजेन्सी


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here