भागदौडमा कम्तीमा ६ जनाको मृत्यु

24
  •  
  •  
  •  

इटाली । इटालीको मध्य क्षेत्रको एक रात्रिक्लबमा शनिबार भएको भागदौडमा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान १ बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो ।

अग्निनियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भिडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।’

स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा रहेको एन्कोना राज्यको कोरिनाल्डो सहरमा ब्लु लानटर्न क्लबभित्र करिब एक हजार व्यक्तिले मनोरञ्जन लिइरहेका समय एक्कासि भागदौड मच्चिएको बताइएको छ ।

‘क्लबमा जब अति तखिो गन्ध फैलियो उक्त समय हामी कन्सर्टको पर्खाइमा नाचेर मनोरञ्जन गरिरहेका थियौँ,’ घटनामा घाइते भई उपचाररत एक प्रत्यक्षदर्शी १६ वर्षीय युवकले भने, ‘त्यसपछि हामी क्लबको एउटा आकस्मिक प्रस्थान गेटमा पुग्यौं तर क्लबका बाउन्सरले फिर्ता हुन भनेपछि फर्कियौं । तर भागदौडका कारण चोट लाग्यो ।’


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here