पश्चिम दाङ, सक्षम दाङ, लागू औषध न्यूनिकरण हाम्रो अभियान

400
  •  
  •  
  •  

dang cultural festivalनारायणपुर, १ कात्तिक(ओएनएस) : दाङको कर्णालीको भनेर चिनिने पश्चिम दाङको केन्द्रबिन्दु पुरन्धारा हापुरेमा  सरद उत्सव तथा साँगितिक महोत्सव हुने भएको छ । “पश्चिम दाङ, सक्षम दाङ, लागू औषध न्यूनिकरण हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी कात्तिक १२ गते देखि १७ गते सम्म सरद उत्सव गरिने उत्सव आयोजक मुल समितका संयोजक यम बहादुर पुनले बताए ।

पश्चिम दाङको बहुआयामिक पक्षहरुको उजागर गरि हामी सक्षम छौ भन्ने संदेश दिन विकासका लागि मुख्य सरोकारवाला निकायहरूको ध्यानआकृष्ट गर्न कार्यक्रम सहायक सिद्ध हुने तर्फ ईंगित गर्दे बृहत कार्यक्रमको आयोजना गर्न लागिएको झरना डान्सिङ्ग स्टारका संयोजक एवं दशै तिहार साँस्कृतिक महोत्सव २०७२ को स्वयंसेवक संयोजक बिष्णु खतिले दावि गरेका छन् ।

केन्द्रदेखी स्थानीयस्तरबाट प्रतिनिधित्व गर्ने ख्याति प्राप्त कलाकारहरुको साँगितिक जमघट र झरना डान्सिङ्ग स्टारको ग्राण्ड फिनाले (अन्तिम प्रतिस्पर्धा)ले पनि कार्यक्रममा रौनकता थप्ने नेपाली कथानक चलचित्र ‘भाकल’का नायक रोहन पुनले बताए ।

त्यसो त साँस्कृतिक, प्राकृतिक, जैविक विविधता, प्राकृतिक पर्यटन तथा ऐतिहासिक तथा धार्मिक रूपले समेत अत्यन्त धनी र ख्याति प्राप्त पश्चिम दाङको सर्वाङ्गीण विकासका लागि बहु-सरोकारवालाहरूको ध्यान आकृष्ट गर्न कार्यक्रम सहायकसिद्ध हुने रेडियो हापुरेका स्टेसन म्यानेजर तथा कार्यक्रम मूल आयोजक समितिका सह संयोजक प्रेम बहादुर राम्जाले बताए ।

पश्चिम दाङको मुद्धाहरुलाई जिल्ला तथ राष्ट्रिय स्तरमा स्थापित गर्ने सवालमा मिडिया अत्यन्त संवेदनशिल भएको कार्यक्रमको मिडिया पार्टनर रेडियो पाठशाला १०४ मेगाहर्ज नारायणपुरका स्टेसन म्यानेजर वामदेव देवकोटाले बताए ।

पश्चिम दाङमा प्राकृतिक रुपले सिर्जित अबिरल बग्ने झरना अवस्थित छ। जंगलमा बसोबास गर्ने फिरन्ते राउटे जाति पनि अल्पकालिन रूपमा यस क्षेत्रमा बसोबास गर्न आई पुग्ने गर्छन् । यही स्थानमा वि.सं २०६० सालमा सालमा तत्कालिन विद्रोही पक्ष ने.क.पा. माओवादी र सरकारबीच दोश्रो पटक वार्ता भएका थियो ।

यसका अलावा आ-आफ्ना जाति तथा समुदायहरुको विभिन्न साँस्कृतिक तथा धार्मिक पक्षहरुको सहिष्णुतापूर्ण सह अस्तित्वको सुन्दरता यहाँ पाइन्छ ।


  •  
  •  
  •