बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

दशैं उपहारः ‘दशैं कार्निभल–२०१७’ आयोजना हुने

jjj]
ललितपुर, ३० भदौ (ओएनएस): विजया दशमीको विशेष उपलक्ष्यमा ललितपुरमा दशै कार्निभल आयोजना हुने भएको छ ।

मनोरञ्जन, प्रतिभाको प्रस्फुटन र एक अर्कावीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले दशैं कार्निभल–२०१७ आयोजना हुन लागिएको हो । ग्ल्यामर आइकन र इन्टरनशनल क्लवले सयुक्त आयोजनामा दशै कार्निभल २०१७ ललितपुरको इन्टरनेश्नल क्लबमा सञ्चालन हुनेछ ।

फ्युचर साउण्ड रेकर्ड प्राइभेट लिमिटेड मुख्य सहयोगी रहेको दशै फेस्टिभललाई अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । दशैको पहिलो दिन घटस्थापनावाट शुरु हुने दशै उत्सव तीन दिनसम्म चल्ने छ ।

पहिलो दिन २१ सेप्टेम्वेर अर्थात असोज ५ गते शुरु भई ७ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । असोज ५ गतेदेखि सुरु हुने कार्यक्रममा विशेष गरी बालबालिकाहरु लक्षित मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् ।

यसका साथै विभिन्न झाँकीसहित चङ्गा चैटको प्रतिस्पर्धा समेत आयोजना गरिने आइकनका निर्देशक रुप कर्माचार्यले बताए । दोश्रो दिन फेशन शो, विभिन्न कलाकारहरुले गायन, नृत्यका साथै पहिलो दिनको उल्लेखित कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।

दशैं कार्निभलको अन्तिम दिन डिजे रुपेश, डिजे शिशिरलगायतका कलाकारहरुबाट साँगीतिक प्रस्तुति र पुल पार्टीसहित समापान गरिनेछ । फेशन शोका लागि फेशन कोरियाग्राफी शनिश शाक्य रहेका छन् ।

निशुल्क प्रवेशको व्यवस्था मिलाइएको दशै कार्निभलमा फुड फेस्टिभल, दशै लक्षित विभिन्न सामग्रीहरुको प्रदर्शनी तथा विक्रीवितरण गरिने जनाएको छ ।

Comments are closed.

'
Scroll To Top