दार्जीलिङमा आन्दोलनकारीद्वारा बंगालको विद्युत आपूर्ति बन्द

537
  •  
  •  
  •  

SONY DSC

दार्जीलिङ, २९ असार : भारतको दार्जीलिङमा आन्दोलनकारीले आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् ।

आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् ।

टिस्टा–३ जलविद्युत परियोजनाबाट १३२ मेघावाट विद्युत उत्पादन हुँदै आएको छ । यो विजुली पश्चिम बंगाल लगायत भारतका विभिन्न ठाउँमा खपत हुन्छ ।

आन्दोलनकारीहरुले गोर्खाल्याण्ड प्राप्त नभएसम्म विद्युत गृह सञ्चालनमा आउन नदिने बताएका छन् । साथै टिस्टा–४ जलविद्यु्त आयोजनामा पनि तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

पहाडका नदीनालाहरुबाट बिजुली निकालेर त्यसको आम्दानीचाहिँ बंगाल सरकारले लिने गरेको गुनासो दार्जीलिङबासीहरुले गर्न थालेका छन् ।


  •  
  •  
  •